Club Login Event Registration District Grant

School Bag dustribution at Shree Darbare Adharbhut Vidyalaya Sitganga Arghakhanchi

Happy School
Location
Sitganga Arghakhnachi Nepal
Date
June, 2025-26
Beneficiaries
100
Rotarian Involvement
15
Non-Rotarian
7
Project Details
Club Central Lumbini
Month June
Fiscal Year 2025-26
Category Happy School

Project Description

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा १०० विद्यार्थीलाई स्कूल बैग वितरण
अर्घाखाँची, असार १ । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी ले स्थानीय समुदाय संग जोडिंदै अर्घाखांची को खुमचिकोट - शीतगंगा मा आधारभूत विद्यालय मा सेवा मुलक कार्यक्रम को निरंतरता दियेको छ! यस पटक रोटरी क्लब तथा भुवनेश्वर–उमा भण्डारी अक्षय कोषको संयुक्त आयोजनामा अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकास्थित श्री दरवारे आधारभूत विद्यालयका १०० जना विद्यार्थीलाई आकर्षक स्कूल बैग तथा स्टेशनरी वितरण गरिएको छ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष रोटेरियन विष्णु शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई सहज र प्रभावकारी बनाउन रोटरी को हैप्पी स्कूल प्रोजेक्ट अंतर्गत विद्यालय झोला वितरण गरिएको हो। कार्यक्रमको सञ्चालन रोटेरियन बाशु बडालले गर्नुभएको थियो भने भुवनेश्वर–उमा भण्डारी अक्षय कोषका संरक्षक रोटेरियन गंगाधर भण्डारीको विशेष सहयोग रहेको थियो।
कार्यक्रममा रोटेरियन विक्रम मल्ल, गोपाल शर्मा, उपेन्द्र यादव, राम थापा, टेकराज पाण्डे, सन्तोष कहार, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य स्थानीय सरोकारवालाहरूले मन्तव्य व्यक्त गर्दै शिक्षा क्षेत्रमा यस्ता सहयोगमूलक कार्यक्रमको निरन्तरताको आवश्यकता औंल्याउनुभएको थियो।
कार्यक्रमको सफलताका लागि निम पौडेल लिला पौडेल तथा भुवनेश्वर–उमा भण्डारी अक्षय कोषको महत्वपूर्ण योगदान रहेको थियो। कार्यक्रममा अक्षय कोषका दाता स्वर्गीय भुवनेश्वर भण्डारीका नातिहरू आरुष भण्डारी , आयुष सापकोटा तथा ऋषित खनालको पनि उपस्थिति रहेको थियो। उनीहरूले आफ्ना हजुरबुवाले स्थापना गर्नुभएको शिक्षा मित्र अक्षय कोषमार्फत आफूहरू आफ्नो पुर्ख्यौली गाउँ तथा समुदायसँग जोडिन पाएकोमा खुसी व्यक्त गरेका थिए। साथै, शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्‍याउने हजुरबुवाको प्रेरणादायी कार्यलाई आगामी पुस्ताले पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष विष्णु शर्माले शिक्षा नै समाज परिवर्तनको आधार भएकाले विद्यार्थीहरूको अध्ययनलाई प्रोत्साहन गर्ने उद्देश्यले आकर्षक विद्यालय झोला वितरण गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर सेवा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालय परिवारले सहयोगी संस्था तथा व्यक्तिहरूप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह र हौसला प्रदान गरेको जनाएको छ।

Project Costs

' '\\ '\\ '
DescriptionAmount (NPR)
school bags and stationary by Central Lumbini Rs. 25,000.00
school bag and stationary by local gurdians akchay kosh Rs. 25,000.00
TotalRs. 50,000.00