Club Login Event Registration District Grant Club Locator

200 Tree Saplings Plantation

Protecting the environment
Location
Mayur Organic Resort, Bhaktapur
Date
July, 2026-27
Beneficiaries
0
Rotarian Involvement
16
Non-Rotarian
2
Project Details
Club Bhadgaon
Month July
Fiscal Year 2026-27
Category Protecting the environment

Project Description

रोटरी क्लब अफ भादगाउँले श्रावण १५ गते वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले २ सय बिरुवा रोपेर वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

रोटरी वर्ष २०२६/२७ अन्तर्गत आयोजित कार्यक्रम नगरकोट जाने बाटोस्थित मयूर अर्गानिक रिसोर्ट परिसरमा सम्पन्न भएको हो। कार्यक्रममा क्लबका अध्यक्ष रोटेरियन बाबुराम खड्काको नेतृत्वमा पदाधिकारी, सदस्य, परिवारजन तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा विभिन्न प्रजातिका २ सय बिरुवा रोपिएको क्लबले जनाएको छ। रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहलाई समेत प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बाबुराम खड्काले वातावरण संरक्षण आजको आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको दायित्व पनि भएको उल्लेख गरे। उनले यस्ता अभियानले हरियाली विस्तारसँगै वातावरणीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

क्लबकी सचिव रोटेरियन सृजना महर्जनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सदस्य, सहयोगी संस्था तथा सहभागीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि वातावरण संरक्षण, सामुदायिक सेवा र दिगो विकाससँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिइने बताइन्।

रोटरी क्लब अफ भादगाउँले ‘दिगो प्रभाव सिर्जना’ भन्ने रोटरी इन्टरनेसनलको मूल भावनाअनुसार वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, युवा विकास तथा सामुदायिक सेवासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Project Costs

' '\\ '
DescriptionAmount (NPR)
Tree Saplings Rs. 0.00
TotalRs. 0.00